शुशीलको मृत्युको खबरले नरहरी आचार्यलाई मष्तिष्कघात
09 Feb 2016 | 12:54 PM


काठमाडौँ, २६ माघ । दिवंगत पार्टी सभापति सुशील कोइरालाको निवासमा मंगलबार  विहान वेहोस भइ ढलेका कंग्रेस नेता नरहरी आचार्यलाई मष्तिष्काघात भएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै कंग्रेस नेताहरुले बताएका छन् । आचार्यको राजधानीको वाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

कंग्रेस नेता गगन थापाका अनुसार चिकित्सकले नेता आचार्यको मस्तिष्कमा रगत जमेका र शरीरको दायाँ भाग नचलेको बताएका छन् । नेता आचार्यको तत्काल शल्यक्रिया नगरी आइसीयूमा २४ घण्टा निरिक्षणमा राखेपछि थप उपचार प्रक्रिया अघि बढाउने तयारी चिकित्सकले गरेका छन् । उहाँको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । 


सभापति कोइरालाको निधनको खवर पाएपछि नेता आचार्य मंगलबार विहानै कोइराला निवास महाराजगञ्ज पुग्नुभएको थियो । कोइरालालाई श्रद्धाञ्जली दिएपछि केहीबेर सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका आचार्य उच्च रक्तचापका कारण अचेत हुनुभएको थियो । उहाँलाई  कांग्रेस सांसद भीमसेनदास प्रधानले तत्कालै गाडीमा राखेर गंगालाल अस्पताल लैजानुभएको थियो । गंगालालका चिकित्सकले उहाँलाई न्यूरो अस्पतालमा रिफर गरेका थिए 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us