बल्ल बुझे आर्यनले प्रेमको बास्तबिक परिभाषा
07 Feb 2016 | 06:55 AM

२४ माघ , काठमाण्डौ । नायक आर्यन सिग्देलको निर्माण एव अभिनय रहेको चलचित्र क्लासिक माघ २९ देखि प्रर्दशनमा आउदैछ । चलचित्र क्लासिक भित्र आर्यन आँखा नदेख्ने दृष्टिबिहिन पात्रको भुमिका निर्बाह गरेका छन् । आर्यनले यो क्यारेक्टरलाइ न्याय गर्न धेरै मेहनत पनि गरेका छन् ।

नायक आर्यनले चलचित्र क्लासिक बाट प्रेमको बास्तबिक परिभाषा बुझेको बताएका छन् । रेडियो अन्नपूर्ण नेपाल संग कुरा गर्दै उनी भन्छन् "आँखा नदेख्ने व्यक्तिले कसैको बाहिरी सुन्दरता देखेर मात्र प्रेम गर्ला , कसैको मुस्कान देखेर लठ्ठ पर्ला तर बास्तबमा प्रेम भित्री मनले महसुस गर्ने कुरा रहेछ , एक अर्काको स्पर्स भाव बुझ्नु प्रेम रहेछ , कसैको बोलि सुनेरै उसको बारेमा थाहा पाउनु नै प्रेम रहेछ ।"

चलचित्र क्लासिकमा आर्यन संग नायीका नम्रता श्रेष्ठ को अभिनय रहेको छ । दिनेश राउतको निर्देशन रहेको यो चलचित्र लाइ सुबास गिरिले निर्माण गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us