२४ माघ , काठमाण्डौ ।
नुवाकोटको मदानपुरमा खचाखच यात्रु चढेको माइक्रोबस दुर्घटना हुँदा पाँचजना सैनिकसहित नौजनाको मृत्यु भएको छ । दुर्घटनामा आठजनाको घटनास्थलमै र एक महिलनाको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ । सैनिक अस्पताल छाउनीमा पाँच र ट्रमा सेन्टरमा दुईजना उपचाररत छन् । काठमाडौँको बालाजु माछापोखरीबाट शनिबार मध्यान्ह १२ बजे नुवाकोटको त्रिशूलीका लागि छुटेको वा १ ज ७५८३ नम्बरको माइक्रोबस पासाङल्हामु मार्गको मदानपुर गाविस–८ केउरिनीनजिकै जोगीभीरमा दिउँसो एक बजे दुर्घटना हुुँदा पाँच सैनिकसहित नौजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार यात्रुमध्ये अधिकांश नुवाकोटको मैथलीस्थित सैन्य तालिम केन्द्रका तालिमरत जवान हुन् ।
दुर्घटनाग्रस्त मानइक्रोबस सडकवाट तल खसेर धुजाधुजा भएको छ । नुवाकोटको मैथलीस्थित सैन्य तालिम केन्द्रमा तालिमरत जवानहरु प्रत्येक शुक्रबार आउट गइ शनिबार बेलुकी पुनः तालिम केन्द्र फर्कने गर्छन् । शनिबार काठमाडौँमा विदा मनाएर फर्कने क्रममा माइक्रोबस दुर्घटनामा परि तीन महिलासहित पाँच सैनिकको मृत्यु भएको हो । सदरमुकाम विदुरदेखि ३४ किलोमिटर दुरीको पुर्वी भेगमा रहेको साँघुरो सडकबाट खसेर भएको दुर्घटनामा सैन्य तालिम केन्द्र मैथली व्यारेकमा कार्यरत ओखलढुंगाको रानीवन गाविस–८ की तालिमे जवान सन्तोषी बोगटी, रामेछापकी यशोदा कार्की, ठेगाना नखुलेका इन्बर कार्की र पदम राई रहेका छन् । तालिमे सैनिक लक्ष्मी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको उद्धारमा संलग्न प्रहरी निरीक्षक जीतेन्द्र वस्नेतले जानकारी दिए । अन्य मृतकहरुमा चालक नुवाकोटको बेलकोट गाविस– ६ का कृष्णबहादुर तामाङ र यात्रु देउराली गावि–६ का कृष्णवहादुर तामाङ रहेका छन् ।
दुईजनाको नाम, ठेगाना खुल्न बाँकी रहेको नुवाकोट प्रहरीले जनाएको छ । सडकबाट पाँचसय फिट तल खसेर भएको दुर्घटनामा घाइते भएका पाँचजनालाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ पठाइएको थियो । अन्य घाइतेलाई बस र एम्बुलेन्समार्फत काठमाडौं लगिएको प्रहरी निरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । घटनालगत्तै सदरमुकाम विदुरबाट प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाह, सेनाका अधिकृत तथा उद्धारकमीृको टोली घटनास्थल पुगेको थियो । घाइतेहरुको सैनिक अस्पताल छाउनी र ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनास्थलमा मृत्यु भएमध्ये चालकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ भने अन्यको शव काठमाडौं पठाइएको छ ।
Annapurna Khabar Audio
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
-
Annapurna Khabar at
6:00 am
May 05, 2017
लोकप्रिय
-
चीन जाँदै गरेका प्रधानमन्त्रीलाई
विख्यात सांस्कृतिक इतिहासकार ज्याक्स बर्जुनले आधा शताब्दीअघि फरेन अफियर्स जर्नलम...
-
मैले चुनाव हारेको छैनः रामचन्द्र पौडेल
दमौली,४ चैत्र । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफुले १३ औं महाधिवेशनमा...
- ल्यापटप बढी तात्यो भने यसो गर्नुहोस्
- कुटपिटपछि महिलालाई पिसाब खुवाइयो
प्रतिकृया दिनुहोस