​नेपाल टेलिकम १३ औँ बर्षमा प्रवेश
05 Feb 2016 | 12:19 PM


काठमाडौँ, २२ माघ । नेपाल टेलिकम आफ्नो स्थापनाको १२ औं बर्ष पुरा गरी आज देखि तेह्रौं बर्षमा प्रवेश गरेको छ । दुरसञ्चारम क्षेत्रलाई खुला र पारदर्शी बनाई निजी क्षेत्रलाई समेत सहभागी बनाएर मुलुकभर सर्वसुलभ रुपमा दुरसञ्चार सेवा उपलव्ध गराउन दूर सञ्चार नीति २०६० अनुसार नेपाल दुरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा परिवर्तन गरिएको थियो ।

कम्पनीमा परिणत भएपछि सो कम्पनीले नेपाल टेलिकमका रुपमा आफूलाई परिचित गराई ब्यावसायिक गतिविधि सञ्चालन गर्दै आएको छ । खासगरी गत वैशाखमा गएको विनासकारी भूकम्पका बेला नेपाल टेलिकमले दिएको सेवाको विशेष प्रसंसा हुने गरेको छ । यद्यपी, बेलावखत रिचार्ज नहुने, मोवाइलको नेटवर्क नटिप्ने जस्ता समस्याका कारण टेलिकमको सेवाको आलोचना पनि हुने गरेको छ । बार्षिकोत्सवका अवसरमा नेपाल टेलिकमले आफ्ना सेवाहरुमा विभिन्न छुट र वोनस दिएको छ ।  

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us