चर्चित फुटवल खेलाडी ​नेयमारमाथि कर छलीको आरोप
03 Feb 2016 | 12:43 PM


एजेन्सी, २० माघ । चर्चित फुटवल खेलाडी नेयमारले कर छली गरेको अभियोगमा ब्राजिलको प्रहरीले छानविन अघि बढाएको छ । उनिमाथि सन् २०१३ मा बर्सिलोना जानुअघि कर छली गरेकोसम्वन्धि ४ वटा अभियोगमा मुद्दा चलाइने ब्राजिली अधिकारीहरुले बताएका छन् ।

उनलाई कम कर तिराउन कम्पनीहरु स्थापना गरिएको आरोप लगाइएको छ । सन् २००६ यता नेयमारले त्यस्ता कर छलीका काम गर्दै आएको अधिकारीहरुको भनाई छ । नेयमारबिरुद्ध बार्सिलोनामा उनको स्थानान्तरणका क्रममा भएको अनियमितताबारे पनि छुट्टै मुद्दा स्पेनमा चलिरहेको छ । हिजो अदालतमा उपस्थित भएका उनले आफूले कुनै गलत काम नगरेको दावी गरेका छन् ।  

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us