आईसिसिले सफाइ दियो कप्तान राजु रिजाललाई
03 Feb 2016 | 12:39 PM


काठमाण्डौँ, २० माघ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली अण्डर १९ क्रिकेट टीमका कप्तान राजु रिजाललाई उमेर विवादमा सफाइ दिएको छ । गत सोमबार मुम्बईका क्रिकेटर कस्तुव पावारले नेपाली कप्तान राजु रिजालको अमेर बढी बताएका थिए । उनको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यमले ठुलो प्रतिक्रिया जनाएको थियो । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता अघि पेश गरेको राजुको कागजातमा कुनै प्रमाण फेला नपरेको भन्दै आईसीसीले सफाई दिएको हो । राजु ओभर एजको भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ । आईसीसीले क्रिकेट संघ क्यानकी कार्यकारी अधिकृत, कप्तान रिजाल र टिम म्यानेजर सन्दिप शर्मासंग उमेरको विषयलाई लिएर छलफल गरेको थियो । आईसीसीलाई उपलब्ध गराइएको राजुको पासपोर्ट र जन्मदर्ता लगायतका कागज पत्रको पनि अध्ययन गरिएको आईसीसीले जनाएको छ । नयाँ सूचना नआउँदासम्म आईसीसीले यसबारे नयाँ कुनै निर्णय नलिने र यो विषयको बहस बन्द  गरेको छ ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us