​रुपन्देहीका खगेश्वरको गोली हानी हत्या
03 Feb 2016 | 12:30 PM


रुपन्देही , २० माघ । रुपन्देहीको सैनामैना नगरपालिका १० रामपुरमा एक युवकको गोली हानी हत्या भएको छ । रामपुरस्थित शान्तिटोलका ३४ बर्षिय खगेश्वर काफ्लेको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । मंगलबारराति करिब नौ बजेतिर चिठ्ठी दिने बाहनामा आएका दुई व्यक्ति उनलाई घरबाहिर बोलाएर गोली हानी फरार भएका थिए ।

 उनलाई तत्कालै बुटबलस्थित लुम्बिनी अञ्चल अस्पताल पु¥याइएकोमा उपचारका क्रममा बुधबार  बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनास्थल परिसरमा मधेसी टाइगर्सको पर्चा भेटिएपनि हत्या कसले गरेको भन्ने खुल्न सकेको छैन । हत्यामा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसइबीका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us