​बरिष्ठ नृत्य निर्देशक रायमाझीको निधन
03 Feb 2016 | 11:59 AM

काण्माडौँ, २० माघ ।
बलिउड देखि हलिउड सम्मका ख्याति प्राप्त कलाकार संग कम्मर मर्काएका नृत्यनिर्देशक तथा कोरियाग्राफर बसन्त जंग रायमाझीको आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ । घरमा एक्कासि अचेत भएर लडे पछि उनलाइ उपचारको लागि नर्भिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनलको ८१ बर्षको उमेरमा निधन भएको हो । 
अहिले उनको शबलाइ प्रज्ञाप्रतिष्ठानमा श्रद्धान्जलीको लागि राखिएको छ । आजै उनको पार्थिव शरिरलाइ पशुपति आर्यघाटमा दाहसस्कार गरिने छ । 
रायमाझीले कबिर १५० भन्दा बढि नेपाली चलचित्रमा नृत्यनिर्देशकको र नृत्यकारको रुपमा काम गरिसकेका छन् भने बलिउडका हस्ति अमिताभ बच्चन संग पनि चलचित्रका नृत्य गरेका थिए । रेडियो अन्नपूर्ण नेपालको तर्फ बाट मृतात्माको चिर शान्तिको  कामना गर्दै शोक सन्तप्त परिवार प्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरोश् भन्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us