सेयर नपरेका लगानीकर्ताको पैसा आजबाट फिर्ता
22 Jan 2016 | 13:00 PM

काठमाडौं,८ माघ । जलविद्युत लगानी तथा विकास कम्पनीमा लगानी गरेका लगानीकर्ताले सेयर नपरेको रकम आजबाट फिर्ता पाउँदैछन् । गत पुस २९ गते बाँडफाँट भएको कम्पनीको सेयर नपरेको ४३ अर्ब रुपैयाँ लगानीकर्ताले आजबाट फिर्ता पाउने भएका हुन् । नागरिक लगानी कोषका अनुसार फिर्ता पाउने आवेदकले उपत्यकाका ६ वटा बैंक र चेकमार्फत रकम फिर्ता पाउनेछन् ।

 कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलका अनुसार उपत्यकामा रहेका जनता बैंक, एनएमबी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक र बैंक अफ काठमाडौंमा खाता हुने लगानीकर्ताले खातामै पैसा फिर्ता पाउने छन् भने बाँकी लगानीकर्ताको पैसा भने चेकमार्फत भुक्तानी हुनेछ ।  कम्पनीमा २ अर्बको सेयरका लागि ४५ अर्बको आबेदन परेको थियो ।  

सेयरका लागि न्युनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता पाएका थिए भने ९० देखि पाँचसय कित्तासम्म भर्नेले ११ दशमलव ४ प्रतिशतका दरले र त्यसमाथि आवेदन दिनेले २ दशमलव ९ प्रतिशतका दरले सेयर पाएका थिए । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us