मध्यरातमा पराकम्पको धक्का
22 Jan 2016 | 12:57 PM


काठमाडौं,८ माघ । गत बैशाखमा गएको शक्तिशाली भुकम्पको पराकम्प जाने क्रम अझै जारी रहेको छ । गएराती धादिङ र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ६ म्याग्नीच्युटको शक्तिशाली पराकम्प हो । यो पराकम्प बिगत २ महिना यताकै सबैभन्दा शक्तिशाली पराकम्प रहेको भुकम्प मापन केन्द्रले जनाएको छ । मध्य राती १ बजेर ७ मिनेटमा सो पराकम्प गएको थियो ।

सो पराकम्प राजधानी काठमाडौंसहित आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । यसअघि मंसिर ३ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ५ दशमलब ३ म्याग्नीच्युटको पराकम्प गएको थियो । बैसाख १२ र २९ मा गएको शक्तिशाली भुकम्प पछि ४ रेक्टर स्केलमाथिका ४ सय २७ पराकम्प गइसकेको केन्द्रले जनाएको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
[email protected]

Follow Us