काठमाडौंमा बङ्गलादेश व्यापार मेला सुरु
21 Jan 2016 | 12:34 PM


काठमाडौं,७ माघ । राजधानी काठमाडौस्थित भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आजदेखि दोस्रो बङ्गलादेश व्यापार मेला सुरु भएको छ । नेपाल र बङ्गलादेशबीच व्यापार विस्तार लगानी प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंस्थित बङ्गलादेशी दूतावासको आयोजनामा हुने पाँच दिने मेलामा निर्माण सामग्री, तयारी पोसाक, यान्त्रिक उपकरण, हस्तकला तथा छालाका उत्पादन, औषधि एवम् औषधिजन्य उत्पादन, विद्युतीय उपकरण र सूचना प्रविधिसँग सम्बन्धित वस्तु राखिनेछ ।

सूचना प्रविधि, जलविद्युत्, पर्यटन तथा सेवा क्षेत्रमा लगानीका अवसरको खोजी पनि मेलामा हुने दूतावासले जनाएको छ । व्यापार वाणिज्यका साथै द्विपक्षीय सम्बन्धका विविध आयामबारे दुवै देशका प्रतिनिधि सम्मिलित ‘नेपाल–बङ्गलादेश बिजनेस फोरम’को पनि आयोजना हुने भएको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us