काठमाडौं,३ पौष । पुनर्निर्माण प्राधिकरणले पहिलो चरणअन्तर्गत पाँच सय इञ्जिनियरलाई गाउँ पठाउँदैछ । पहिलो चरणमा १० दिनभित्र पाँच सय जना इञ्जिनियरलाई गाउँ पठाइने प्राधिकरणले जनाएको छ । यस्तै एक महिनाभित्र एक हजार पाँच सय इञ्जिनियरलाई गाउँ पठाइसक्ने तयारी प्राकीकरणले गरेको छ ।
हिँजो घोषित पुर्ननिर्माण महाअभियानअन्तर्गत भूकम्पले क्षतिग्रस्त भएका बस्तीमा जोखिमको आवश्यक मूल्यांकन गरी पुनर्निर्माण थाल्ने प्राधीकरणले जनाएको छ । प्राधिकरणले फागुन १२ गतेसम्म पहिलो, चैत १२ गतेसम्म दोस्रो र वैशाख १२ गतेसम्म तेस्रो गरी तीन चरणको पुनर्निर्माण कार्ययोजना बनाएको छ ।
पहिलो चरणमा जिल्ला समन्वय समितिको गठन, आवश्यक जनशक्तिको परिचालन, कार्यालय व्यवस्थापन तथा बजेट व्यवस्था गरिने प्राधिकरणले जनाएको छ । दोस्रो चरणमा प्राधिकरणका सात वटै उपक्षेत्रीय कार्यालयको स्थापना, पुनर्निर्माण सम्बन्धी नीति, नियमावली तथा कायविधि बनाउने र जिल्लामा सम्बद्ध सरकारी कार्यालयमा पुनर्निर्माण इकाई स्थापना गरिने छ । यस्तै तेस्रो चरणमा कम्तीमा पाँच जिल्लामा नमुना आवास निर्माण सुरु गरिने छ ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस