जीवन सेजुवाल
गमगढी,कर्णाली अञ्चलको दुर्गम हिमाली जिल्ला मुगुका गाउँमा ठन्डीसँगै फैलिएको मौसमी रुघाखोकीले दुई सातायता १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वृद्धवृद्धा बढी छन्।धैनकोट गाविसमा मात्र ६ जनाको ज्यान गएको छ। धैनकोट गाविसका धर्मराज जैसीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वडा नम्बर ४ का सर्जन बुढा, सोही वडाका नन्दप्रसाद जैसी, वडा नम्बर ३ का धर्मदत्त जैसी, वडा नम्बर ९ का सर्पलाल मल्ल र वडा नम्बर १ का कन्नसिंह नेपाली छन्।
पछिल्ला दुई सातामा ज्यान गुमाउनेहरू ३८ वर्षदेखि ६५ वर्षका छन्।चिसोसँगै रुघाखोकी र ज्वरोले सदरमुकाम गमगढीआसपासका गाविस कार्कीबाडा, रुघा र रोवाका बासिन्दाको ज्यान लिएको छ। स्थानीय लडी सुनारले दिएको जानकारीअनुसार कार्कीबाडा ५ का ५० वर्षीय चाउरा थामीको चिसो र रुघाखोकीले गाउँमै मृत्यु भएको छ ।
वडा नम्बर ६ का ९० वर्षीय मक्क भाम र ५६ वर्षीय लोकबहादुर बुढाको पनि चिसो बढेपछि दमकै कारण मृत्यु भयो। जैसीका अनुसार रुघाखोकीपछि बेस्सरी टाउको दुख्ने, नाकबाट पानी बग्ने, हनहनी ज्वरो आउने र हातखुट्टा काम्ने गरेपछि तीनचार दिनमै बिरामीको मृत्यु हुने गरेको छ।श्रीनगर गाविसका धनबहादुर मल्लका अनुसार उक्त गाविस वडा नम्बर ४ का ४६ वर्षीय थम्ब मल्लले पनि चिसो बढेसँगै फैलिएको रुघाखोकीका कारण ज्यान गुमाएका छन्। उनको मुगु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मल्लले बताए। स्थानीय श्रीबहादुर राउतले दिएको जानकारीअनुसार गम्था गाविस ८ दलितबस्तीमा दुईजनाको मृत्यु भएको छ।
धनकोटका जैसीले भने, ‘विशेषगरी रुघाखोकीले बूढापाकालाई प्रभावित पारेको छ। रुघा लागेपछि स्थानीयले झारफुक र घरेलु उपचारतर्फ बढी ध्यान दिन्छन्। त्यसैले मान्छेको ज्यान जाने गरेको छ।' सदरमुकाम गमगढी आसपासका क्षेत्रमा पनि मौसमी रुघाखोकीको प्रकोप बढिरहेको छ। एक सातायता सदरमुकाम आसपासका गाविसमा चारजनाको ज्यान गइसकेको स्थानीयको दाबी छ।
जिल्ला स्वास्थ्य कार्यालयले पानी नपर्नुका साथै सुक्खा र चिसोका कारण मौसमी रुघाखोकीको प्रकोप देखिएको उल्लेख गरेको छ। जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख थलराज डीसीले चिसोसँगै रुघाखोकी फैलिए पनि महामारीका रूपमा नदेखिएको दाबी गरे। उनले भने, ‘जिल्लाभर चिसोसँगै रुघाखोकी फैलिएको छ तर यसैका कारण ज्यान गएको भन्ने संस्थागत जानकारी आएको छैन।' उनले प्रकोप फैलनसक्ने सम्भावना देखिएकाले जिल्ला स्वास्थ्य कार्यालयबाट आवश्यक औषधि स्वास्थ्यचौकीमा पठाइसकेको जानकारी दिए।
निमित्त कार्यालय प्रमुख डीसीले प्रकोप फैलिएको ठाउँमा रहेका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीसँग नियमित सम्पर्क भइरहेको र रुघाखोकीले ज्यान गएको भन्ने खबर नआएको दाबी गरे। चिसो र सुक्खा मौसमका कारण फैलनसक्ने महामारी रोक्न जिल्लास्तरमा र्यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको डीसीले बताए।
अचेल जिल्ला अस्पतालमा दैनिक ४५ जना बिरामी उपचारका लागि आउने गरेका र तीमध्ये २५ जना रुघाखोकी र दमका हुने अस्पतालले जनाएको छ। बिरामीमध्ये अधिकांश बालबालिका र वृद्धवृद्धा छन्। दमका बिरामीलाई अस्पतालमा भर्ना गरेर अक्सिजन दिई दुईतीन दिनपछि घर पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस