सेयर बजारमा डिम्याट प्रणाली लागुू
17 Jan 2016 | 10:41 AM

काठमाडौं,३ माघ । नेपाल धितो पत्र बोर्डले आजदेखि सेयर बजारमा अनिवार्य डिम्याट प्रणाली लागू गर्ने  भएको छ । नेपालमा सेयर कारोबार हुन थालेको २२ वर्षपछि पहिलोपटक डिम्याट प्रणालीमार्फत कारोबार सुरु हुन लागेको हो ।  अब डिम्याट प्रणालीमा दर्ता भएका एक ७० वटा कम्पनीहरुले मात्रै सेयर कारोबार गर्न पाउने भएका छन् ।

नेपाल स्टक एक्सचेन्जले कतिपय सुचिकृत कम्पनीहरु मर्जर तथा एक्विजिसनमा गएकाले हाल एक सय ९२ कम्पनीले सेयर कारोबार गरिरहेको जनाएको छ । जसमध्ये २२ कम्पनी डिम्याटमा लागू हुने बाँकी रहेका छन् ।  सिडिएस एण्ड क्लियरिङ कम्पनीले आफ्नो वैवसाइटमै डिम्याटमा दर्ता भएका जम्मा १ सय ७० कम्पनीको नाम राखेकाले सोही आधारमा मात्रै सेयर किनबेच गर्न लगानीकर्ताहरुलाई आग्रहर गरेको छ ।

डिम्याट प्रणालमिा दर्ता नभएका कम्पनीहरुले डिम्याट सम्झौता गरेपछि मात्रै सेयर कारोबार गर्न पाउनेछन् ।  डिम्याट प्रणाली सञ्चालनमा आएपछि  कागजी प्रणाली विस्थापित हुने भएकाले बजार आधुनिकीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  यसैगरी सो प्रणाली लागू भएपछि लगानीकर्ताले घरमै बसेर अनलाईनमार्फन कारोबार गर्न पाउनेछन्  । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us