काठमाडौं,२९ पौष । पुनर्निर्माण प्राधिकरण राष्ट्रिय परामर्श समितिले भुकम्प पछिको पुननिर्माण सम्बन्धी तीन महिने कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज बसेको बैठकले तीन महिनाभित्र ४ चरणका कामहरु पूरा गर्ने गरि कार्ययोजना पास गरेको हो । कार्ययोजनाको पहिलो चरणमा माघ २ गतेबाट राष्ट्रिय पुननिर्माण महाअभियान सुरु गरिने छ ।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले हालसम्म गरेका कार्यहरु र आगामी तीन महिनाभित्र गरिसक्ने कार्ययोजना पेश गर्नु भएको थियो । परामर्श समितिको आजको बैठकले आफ्नो कार्य्विधि निर्धारण गर्नुका साथै पुनर्निर्माणका विभिन्न पक्षबारे छलफल गरेको थियो ।
आगामी माघ २ गते भुकम्प दिवसका दिनदेखि बैशाख १२ गतेसम्मका सम्मका लागि विशेष कार्यक्रम पारित गरिएको बैठकमा सहभागि नेताहरुले जानकारी दिए । माघ दुई गते काठमाडौंको रानीपोखरीमा ऐतिहासिक धरोहरको पुनर्निर्माण कार्यको राष्ट्रपति विद्यादेवी भण्डारीले र ललितपुरको बुंगमतिमा निर्माण हुने सामुहिक आवास निर्माण कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यको सुभारम्भ गर्ने कार्यक्रम छ ।
दोस्रो चरणमा चरणमा फागुन १२ गतेसम्ममा पुनर्निर्माण सम्बन्धि अवधारणा सार्वजनिक गर्ने कार्ययोजना बैठकमा पेश गरिएको छ । पुनर्निर्माण कार्यका लागि प्राधिकरणले सात वटा उपक्षेत्रीय कार्यलय स्थापना गर्ने पनि कार्ययोजना तयार पारिएको छ ।
७३ बैशाख १२ मा सम्ममा भुकम्प प्रभावित जिल्लाका विस्तृत भवन तथा जनसंख्याकि सर्वेक्षण गरिसक्ने, प्रत्येक जिल्लाका,पाँंच वटा गाविस वा नगरपालिमा व्यक्तिगत आवास निर्माण सुरु गरिसक्ने ,प्रत्येक जिल्लामा कम्तिमा दुई स्थानमा स्रोत केन्द्र स्थापना गर्ने, हरेक गाविसमा एक जना इन्जिनियर,एक जना सामाजिक परिचालक र एक जना तालिम प्राप्त निर्माणकर्मीको व्यवस्था गरिसक्ने कार्ययोजना पनि बैठकमा पेश गरिएको छ ।
प्रधानमन्त्रीको अध्यक्षमा रहेको परामर्श समितिमा व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दलको नेता उपाध्यक्ष रहने व्यवस्था छ । परामर्श समितिको सदस्यहरुमा प्रधानमन्त्रीले तोकेको मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु, भुकम्पबाट प्रभावित जिल्लाका सांसदहरु सहभागि छन् ।
Annapurna Khabar Audio
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
-
Annapurna Khabar at
6:00 am
May 05, 2017
लोकप्रिय
-
चीन जाँदै गरेका प्रधानमन्त्रीलाई
विख्यात सांस्कृतिक इतिहासकार ज्याक्स बर्जुनले आधा शताब्दीअघि फरेन अफियर्स जर्नलम...
-
मैले चुनाव हारेको छैनः रामचन्द्र पौडेल
दमौली,४ चैत्र । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफुले १३ औं महाधिवेशनमा...
- ल्यापटप बढी तात्यो भने यसो गर्नुहोस्
- कुटपिटपछि महिलालाई पिसाब खुवाइयो
प्रतिकृया दिनुहोस