धनगढी,२९ पौष । कञ्चनपुरको बेलौरीमा चरेस तस्करको एक समुह र प्रहरीबीच गोली हानाहान भएको छ । बेलौरी नगरपालीका १० पचुहीमा हिजो बेलुका ५ बजेतिर चरेस ओसारपसारमा संलग्न एक भारतीय समुह र सिबिल डे«ेसमा खटिएको प्रहरीको टोलीबीच गोली हानाहान भएको हो ।
चरेस ओसार पसारको सूचनाको आधारमा इलाका प्रहरी चौकी बेलौरीबाट खटिएको ४÷५ जनाको सिबिल प्रहरीको टोलीले छानबिन गर्न खोज्दा तस्करको समुहले एक्कासी प्रहरीमाथि गोली चलाएको सुदुरपश्चिम क्षेत्रका डिआइजी माधव नेपालले जानकारी दिनुभयो ।
उहाँंका अनुसार प्रहरीले तस्करी गर्ने समुहका भारत पेलिभित घर भएका २० वर्षीय पालु सिंहलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । प्रहरीले सिंहसँगै एक थान नलकटुवा पेस्तोल, सोको एक राउण्ड गोली र १ किलो ७ सय ग्राम चरेस बरामद गरेको छ । सो समुह लामो समय देखि नेपालबाट भारतमा लागूपदार्थ चरेस ओसारपसारमा संलग्न रहेको आशंका गरिएको छ ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस