अफगानिस्तानमा फेरि शक्तिशाली भुकम्प
13 Jan 2016 | 10:35 AM


एजेन्सी
काठमाडौं,२९ पौष । अफगानिस्तानमा फेरि शक्तिशाली भुकम्प गएको छ । दक्षिणी अफगानिस्तानको जारमलाई केन्द्रबिन्दु बनाएर ५ दशमलब ६ म्याग्निच्युटको भुकम्प गएको अमेरिकी भुगर्ब विभागले जनाएको छ । सो भुकम्पको धक्का राजधानी काबुल र अफगानिस्तानका अन्य विभिन्न क्षेत्रलगायत पाकिस्तानका केही भुभागमा महसुस गरिएको थियो ।

भुकम्पका कारण त्यहाँ ठूलो क्षति नभएपनि दर्जनौ घरहरुमा क्षति पुगेको अफगान अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि गत साता मात्रै अफगानिस्तान र पाकिस्तानको सिमानामा केनद्रबिन्दु बनाएर ६ दशमलब ४ म्याग्निच्युटको भुकम्प गएको थियो ।  

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us