जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर आज बाँडफाँड हुने
13 Jan 2016 | 10:27 AM

काठमाडौं,२९ पौष । जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर आज बाँडफाँड हुने भएको छ । गत कात्तिक १२ गते सर्बसाधारणका लागि खुल्ला गरिएको सेयर मागमा परेको करीब ४३ अर्बको आवेदन मध्येको सेयर बाँडफाँड आज हुन लागेको हो । कम्पनीको एक सय रुपैया मूल्य अंकित दरको २ करोड कित्ता सेयर बाँडफाँड हुन लागेको हो ।

 आज बिहान नौ बजेपछि बिक्री प्रबन्धक नागरिक लगानी कोषको कार्यालयमका बाँडफाँडबारे जानकारी दिने कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार आवेदन धेरै परेकाले ५० हजार भन्दा बढी लगानी गर्ने ठुला लगानीकर्ताले ३ प्रतिशतभन्दा कम  र सो रकमभन्दा कम लगानी गर्ने साना लगानीकर्ताले करीब ११ प्रतिशत सेयर पाउनेछन् ।  

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us