खाडिमुलक प्रवेश गर्ने १० जना ईरानी जलसेन अमेरिकी सेनाको कब्जामा
13 Jan 2016 | 10:14 AM

 एजेन्सी


काठमाडौं,२९ पौष । ईरानबाट खाडीराष्ट्र प्रवेश गर्न खोज्ने १० जना ईरानी जलसेनालाई अमेरिकी सेनाले गिरफ्तार गरेको छ । डुंगाबाट आएका उनीहरु खाडी राष्ट्र प्रबेश गर्न खोजेपछि पक्राउ गरिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । उनीहरु कुबेत र बहराईन प्रबेश गर्न खोज्दा पक्राउ परेका हुन् । उनीहरुलाई जल क्षेत्रमा जासुसी गरेको र जलक्षेत्रको अतिक्रमण गरेको आरोप लगाइएको छ ।

पक्राउ परेकामध्ये ९ पुरुष र एक महिला रहेका छन् । उनीहरुलाई आवश्यक प्रक्रिया पुर्याएर ईरान फर्काउने तयारी गरिएको र हालसम्म सुरक्षित रहेको अमेरिकी सेनाको भनाई रहेको छ । सामुन्द्रिक मार्गमा जहाजमा खरावी आएपछि अमेरिकी सेनाको जहाजले उनीहरुलाई उद्धार गरि गिरफ्तार गरेको थिया

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us