​सरकारी कर्मचारीलाई कडाई
11 Jan 2016 | 16:28 PM


काठमाडौं,२७ पौष । सामान्य प्रशासन मन्त्रालयले आफ्नो जिम्मेवारी पूरागर्न आलटाल गर्ने सरकारी कर्मचारीलाई लक्षित गरी कडा निर्देशन जारी गरेको छ । सामान्यको यो निर्देशन कार्यान्वयन भएमा सरुवा भएको ठाउँमा जान आलटाल गर्ने, रमाना नबुझ्ने, कामै नभएको ठाउँमा अनावश्यक लामो समय बस्ने–बसाल्ने र घाम तापेर समय कटाउने कर्मचारीको प्रबृत्ति अन्त्य हुने छ ।

काज, सरुवा, पदस्थापना र फाजिल कर्मचारीको व्यवस्थापन हुन नसक्दा निजामती प्रशासन अस्तव्यस्त भएको निष्कर्ष मन्त्रालयले २० पुसमा नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र केन्द्रीय स्तरका कार्यालयलाई चारबुँदे परिपत्र  परिपत्र जारी गरेको थियो ।

कतिपय निकायमा लामो अवधिसम्म सरुवा, पदस्थापना भएको कर्मचारी रमाना नगरेको भन्ने बुझिएको उल्लेख गर्दै सामान्यले त्यस्ता कर्मचारीलाई सात दिनभित्र रमाना दिई पठाइसक्न भनेको छ । मन्त्रालयले दिएको सातदिनको म्याद आज सकिदै छ। यसको जानकारी मन्त्रालयलाई अनिवार्य रुपमा दिनुपर्ने समेत सामान्यको परिपत्रमा उल्लेख छ ।

कतिपय निकायमा मातहत कार्यालयमा दरबन्दी रिक्त रहे पनि शक्तिको दुरुपयोग गरी केन्द्रमै रहने र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई समेत सात दिनभित्र काममा खटाउनुपर्ने सामान्यको निर्देशन छ । केन्द्र वा अन्यत्र काजमा राखी कुनै कर्मचारीको पदस्थापना हुन बाँकी रहेको भए तत्कालै दरबन्दी रहेको कार्यालयमा पदस्थापन गरी सोको यथार्थ विवरण सात दिनभित्र बुझाउन समेत सामान्यले परिपत्र जारी गरेको छ ।

मन्त्रालयका अनुसार देशभर करिब चार सय गाविसहरु सचिवविहीन छन् । तर, स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न नसक्दा कतिपय सचिवहरु कामै नपाई बसेका छन् भने कतिपयले धेरै गाविसका जिम्मेवारी एउटै झोलामा बोकेर हिँड्नुपरेको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us