भीडन्तमा ४० तालेवान विद्रोही मारिए
11 Jan 2016 | 10:28 AM


काठमाडौं,२७ पौष । तालेवान बिद्रोहीको कब्जामा रहेको दरक्बाद जिल्ला आफ्नो सेनाको नियन्त्रणमा आएको अफगान सरकारले दावी गरेको छ । ताजिकिस्तानको सिमानामा रहेको सो जिल्ला लामो समयको प्रयास पछि आफ्नो नियन्त्रणमा लिएको अधिकारीहरुले दावी गरेका छन् । सो क्रममा भएको भिडन्तमा परी कम्तीमा ४० तालेवान बिद्रोही पनि मारिएको सरकारी सेनाले जनाएको छ ।

 यसैबिच तालेवान मुद्धाका विषयमा पाकिस्तान चीन अमेरिका र अफगानिस्तानबिच छलफल सुरु हुँंदैछ । पाकिस्तानको ईस्लामाबादमा आज हुने छलफलमा तालेवान बिद्रोहीसंँंग रोकिएको शान्तीवार्ता पुन सुरु गर्ने विषयमा छलफल हुने बताइएको छ । सन् २०१४ मा अफगानिस्तानबाट अमेरिकी गठबन्धन सेना फिर्ता भएपछि तालेबान बिद्रोहीले शान्ती वार्ता गर्न सहमती जनाएको थियो ।

तर अफगान सुरक्षा फौजले निरन्तर उ माथि आक्रमण गरेको भन्दै उसले वार्ता बिथोल्दै आफ्नो आक्रमणलाई थप हिंस्रक बनाएको थियो । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us