​ सेल्फी लिनेक्रममा दुईजनाको मृत्यु
10 Jan 2016 | 10:48 AM

एजेन्सी


काठमाडौं,२६ पौष । भारतको मुम्बईमा एक युवतीको  सेल्फी लिने क्रममा पानीमा खसेर ज्यान गएको छ । सेल्फी लिने क्रममा पानीमा डुबेकी तन्नरुम नामकी ती युवतीलाई बचाउन हामफालेका अर्का युवकको पनि डुबेर ज्यान गएको छ । जानकारी अनुसार मुम्बईकै ब्यागनवाडीमा बस्दै आएका तीनजना कलेज छात्रा पिकनिक खान बान्द्रा रेल स्ट्यान्डमा पुगेका थिए ।

१८ वर्षीया तरन्नुम पानी नजिकै सेल्फी लिइरहेकी थिइन् ।  अचानक उनको खुट्टो चिप्लेर उनी पानीमा डुबेकी थिइन । त्यहीँ रहेका एक युवकले तरन्नुमको ज्यान बचाउनका लागि पानीमा हाम फालेका थिए ।  तर ती युवकले समेत त्यहीँ डुबेर ज्यान गुमाए । घटनास्थलमा बान्द्रा पुलिस पुगेर उद्धार थालेपनि दुबैको ज्यान बचाउन सकेन ।

तरन्नुमकी साथीलाई उदृत गर्दै बान्द्रा प्रहरीका बरिष्ठ प्रहरी निरिक्षक आर धावलेले जनाएअनुसार तीनै युवती एक चट्टान अगाडि सेल्फी लिइरहेका थिए ।  समुद्र तटबाट ५० मिटरको दुरीमा उभिएकी तरन्नुम अचानक पानीको तीब्र गतिको लहरका कारण चिप्लिएकी थिइन् । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us