​चोर पक्राउ गर्नेक्रममा प्रहरीमाथि नै आक्रमण, एक प्रहरी घाइते
07 Jan 2016 | 13:47 PM


काठमाडौं,२३ पौष । राजधानीको गोंगवुमा गएराती चोर पक्रेर फकर्र्दै गरेका प्रहरीमाथि आक्रमण भएको छ । न्यूरोडस्थित न्यू लक्ष्मी सुनचाँदी पसलबाट २ साताअघि भएको चोरीमा संलग्न उमेश तामाङ, दिलबहादुर पुन र सन्तोष बयलकोटीलाई एक किलोभन्दा बढि परिमाण सुनसहित प्रहरीले हिँजो साँझ ७ बजे गाेंगबुबाट पक्राउ गरेको थियो ।

उनिहरुलाई प्रहरी कार्यालय लैजानेक्रममा तीन ३ युवकका आफन्तको समूह्ले प्रहरी टोलीमाथि पछाडीबाट आक्रमण गर्दा एकजना प्रहरी घाइते भएको महानगरीय अपराध महाशाखाका एसपी सर्वेन्द्र खनालले बताउनुभयो । प्रहरीले प्रतिकारमा चलाइएको गोली लागी अमृत बयलकोटी घाइते भएका छन् । तिघ्रामा गोलि लागेका बयलकोटीको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

एसपी खनालकाअनुसार पक्राउ परेका दिल वहादुर पुन २०६९ सालमा म्याग्दीमा चोरीमा  संलग्न भइ २ वर्ष जेल बसेका थिए । उमेश तामाङ भने ०७१ सालमा म्याग्दीको वेनी महोत्सवमा भएको लुटपाट तथा झै झगडा घटनामा सार्वजनिक अपराधको मुद्दामा ५१ हजार रुपैया धरौटीमा छुटेका थिए ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us