मधेशी मार्चाले प्रस्तावित कार्यदलमा प्रतिनिधि पठाउने नपठाउने निर्णय आज गर्ने
05 Jan 2016 | 10:50 AM

काठमाडौं, २१ पौष । 
आन्दोलनरत मधेसी मोर्चाले प्रदेशहरुको सिमांकन लगायत संविधानका असहमति अन्त्यका लागि प्रमुख दलहरुद्धारा प्रस्तावित कार्यदलमा आफ्ना प्रतिनिधि पठाउने नपठाउने निर्णय आज गर्ने भएको छ । मोर्चाको हिजो बसेको अनौपचारिक बैठकमा कार्यदलमा जाने नजानेबारे मतभेद भएपछि आज पुन छलफल गरी निर्णय गर्ने सहमति भएको थियो । मोर्चाका नेताहरुका अनुसार, तमलोपा अध्यक्ष महन्थ ठाकुरले काठमाण्डौ बाहिर रहेका मोर्चामा आवद्ध अन्य दलका शीर्ष नेताहरुसंग आज विहान टेलिफोनमा छलफल गरी निर्णय लिनुहुनेछ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव कार्यदलमा प्रतिनिधि पठाउनेबारे त्यति सकारात्मक नरहनुभएको स्रोतको दावी छ । मोर्चाको अर्को दल तराई मधेश सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले मोर्चामा चार पार्टी रहेकाले हरेक पार्टीबाट एक÷एक गरी कार्यदलमा ४ जनालाई पठाउने बताउनुभएको छ । तर, सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले भने कंग्रेस, एमाले र एकीकृत माओवादीले एक÷एक जना प्रतिनिधि कार्यदलमा राखेकाले मोर्चाकातर्फबाट पनि एकजनामात्र पठाइनुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us