संविधान संसोधन विधेयक पारित
04 Jan 2016 | 16:34 PM


काठमाडौं,२० पौष । प्रमुख दलहरुको सहमतिमा सरकारले संसदमा पेश गरेको नेपालको संविधानको पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव व्यवस्थापिका संसदले पारित गरेको छ । संसदको आजको बैठकले सो प्रस्ताव बहुमतले पारित गरेको हो । अब सांसदहरुलाई सो विधेयकमाथि संशोधन राख्न ७२ घण्टाको समय दिइएको छ । आज पनि संसद बैठक सुरु हुनासाथ मधेसी मोर्चाका सांसदहरुले विरोध गर्दै नाराबाजी र बेल घेराउ गरेका थिए । 

संविधान संशोधन बिधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताबमाथि यसअघि भएको छलफलमा ५८ जना सांसदले धारणा राखेका थिए । उनिहरुले उठाएका प्रश्नको कानुनमन्त्री अग्नि खरेलले आजको बैठकमा जवाफ दिनुभएको थियो । मन्त्री खरेलले कसैको दबाबमा नभइ आबश्यकताका आधारमा संविधान संशोधन प्रस्ताब राखिएको बताउनुभयो ।

असन्तुष्ट पक्षलाई सन्तुष्ट बनाउन संविधानमा सशोधन प्रस्ताव राखिएको भन्दै मन्त्री खरेलले मधेसी मोर्चाका सांसदप्रति लक्षित गर्दै त्यसमा पनि चित्त नबुझे थप संशोधन राख्न सकिने स्पष्ट गर्नुभयो । आन्दोलनकारीले उठाएका माग संबोधन गर्न अघि बढाइएको संशोधनलाई स्वागत गर्नुपर्नेमा मधेशी मोर्चाले उल्टै बिरोध गरिराख्नुलाई उचित नभएको उहाँको भनाई थियो ।
ब्यवस्थापिका संसदको अर्को बैठक भोली दिउसो १ बजे बोलाइएको छ ।  

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us