प्रचण्ड भारतीय राजदूतबीच भेटवार्ता
03 Jan 2016 | 16:16 PM


काठमाडौं,१९ पौष । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच आज दिउँंसो भेटवार्ता भएको छ । तराईमा जारी आन्दोलनको समाधान खोज्न बहुप्रतिक्षित त्रिपक्षीय बैठक बस्नुभन्दा अगाडी भारतीय राजदूतले अध्यक्ष दाहालसंँंग भेटवार्ता गर्नु भएको हो ।

भेटका क्रममा अध्यक्ष दाहालले राजदूत रेलाई नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य होस भन्नुभएको अध्यक्ष दाहालका सहयोगीहरुले बताएका छन् । भारतीय राजदूत रेले भारत पनि समस्या समाधान होस् भन्न चाहेको बताउनु भएको अध्यक्ष दाहालको ट्वीटर सन्देशमा लेखिएको छ । यसअघि अध्यक्ष दाहालले मधेशी मोर्चासंगको वार्ता निश्कर्षमा नपुगेपनि भारतले लगाएको नाकाबन्दी खुल्ने बताउँंदै आउनु भएको थियो ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us