उपाधीको लागि आज भारत र अफगानिस्तान भिड्ने
03 Jan 2016 | 12:29 PM

काठमाडौं,१९ पौष । भारतको केरलामा जारी ११ औ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधीको लागि आज आयोजक भारत र डिफेन्डिङ च्याम्पियन अफगानिस्तानबिच प्रतिस्पर्धा हँुंदैछ ।  खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे भारतको केरलास्थित त्रिवेन्द्रम रंगशालामा हुनेछ । सेमिफाईनलमा मालदिभ्सलाई ३–२ गोलले पराजित गर्दै भारतले फाइनल यात्रा तय गरेको हो भने डिफेन्डिङ च्याम्पियन अफगानिस्ताले श्रीलंकालाई ५–० गोलले हराउँदै उपाधिको लागि भारतसँगको भेट पक्का गरेको थियो ।

आजको खेलमा आयोजक भारत यसअघिको संस्करणमा अफगानिस्तानसंग भोगेको पराजयको बदला लिने दाउमा रहँंदा  अफगानिस्तान भने लगातार दोश्रो पटक पनि साफको उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रनेछ । च्याम्पियनसिपमा नेपाल भने समुह चरणबाटै बाहिरिएको थियो ।  

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us