डेढ लाख मूल्य बराबरको ऊनी कपडा बरामद
30 Dec 2015 | 15:08 PM


राजविराज, १५ पुस । सप्तरीको राम्पुरा मल्हनियाबाट भन्सार कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त टोलीले डेढ लाख मूल्यको अवैध ऊनी कपडा बरामद गरेको छ । तिलाठी भन्सारका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले राम्पुरा  मल्हनियाँ ५ बाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको एक लाख ४३ हजार दुई सय नब्बे रुपैयाँ बराबरको ऊनी जर्सी, ऊनीको रेसा धागो तथा अन्य बिभिन्न प्रकारका ऊनबाट निर्मित कपडाहरु नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद कपडा आवश्यक कारवाहीका लागि तिलाठी भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us