काठमाडौं,१५ पौष । आज तमु ल्होछार, गुरुङ्ग समुदायले आज भेडा वर्गलाई बिदाइ गरी नयाँं वर्षका रुपमा बाँदर वर्गको स्वागत गरी यो पर्व मनाउँंदैछन् । पर्वका अवसरमा इष्टमित्र तथा आफन्त भेला भई मान्यजनबाट आशीर्वाद लिएर शुभकामना आदानप्रदान गर्ने गरिन्छ । कतिपय स्थनामा यो पर्वमा चुड्का तथा घाटु नाच नाच्ने प्रचलन पनि छ ।
यसैबिच, राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होछार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै मौलिक धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व, जात्रा, दिवस, सांस्कृतिक सम्पदाजस्ता साझा पहिचानले विश्वसामु नेपालको छुट्टै चिनारी गराएको बताउनुभएको छ ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि तमु ल्होच्छारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यस पर्वको माध्यमबाट विभिन्न समुदायका नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र सौहार्दता झनै व्यापक र विस्तार होस भन्ने कामना गर्नुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामन सन्देश दिंदै सबै नेपालीमा हार्दिकता, आपसी मेलमिलाप र धार्मिक तथा जातीय सहिष्णुता कायम राखी मुलुकको समृद्धिमा अग्रसर हुन आह्वान गर्नुभएको छ ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस