दुईवटा ट्रकमा आगजनी
29 Dec 2015 | 12:07 PM

   फणि महत


चन्द्रपुर १४ पौष । बन्दको अवज्ञा गरेको भन्दै रौतहटको गरुडामा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले गएराति दुईवटा ट्रकमा आगजनी गरेका छन । ईँंट्टा बोकेर चन्द्रनिगाहपुर तर्फ आउँंदै गरेको ट्रकमा राति गरुडाबजारस्थित मेथुर चौकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । र्इँंट्टा लोड भएको ना ५ ख १६७० र ना ४ ख ४६०५ नम्बरको ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आगजनी बाट ट्रकको अगाडीको भाग जलेर नष्ट भएको छ ।राति करीब ११ बजे १५÷२० जनाको संख्यामा आएका  मोर्चाका कार्यकर्ताले आगजनी गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजेन्द्र पोखरेलले जनाकारी दिए ।आगजनी गर्ने बितिकै मोर्चाका कार्यकर्ता भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

एकहप्ता अघि पनि मोर्चाका कार्यकर्ताले सोही स्थानमा सख्खर बोकेको ट्रकमा आगजनी गरेका थिए । र्इँंट्टा व्यापारी र मोर्चाका कार्यकर्ता बीच गाडी छोड्ने बषियमा रकममा कुरा नमिले पछि आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।मोर्चाका कार्यकर्ता बताउने केहि व्यक्तीहरुले प्रति ट्र«क एकहजार सम्म लिएर यसअघि इटाको ट्रकहरु छोड्ने गरेका थिए । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us