​विद्यार्थीले कुटे विद्यालय सहयोगी
23 Dec 2015 | 15:34 PM

विराटनगर, ८ पौष । मोरङको तेतरिया ९ स्थित जनता निम्न माध्यमिक विद्यालयका कार्यालय सहयोगीमाथि सोही विद्यालयका विद्यार्थीले कुटपिट गरेका छन् । विद्यालय बन्द गर्ने विषयमा विवाद उत्पन्न भएपछि कार्यालय सहयोगी बनिगामा २ का ४० वर्षीय विसनचन्द्र खाँलाई विद्यार्थीहरुले कुटपिट गरेका हुन् । विद्यालयका अनुसार प्रधानाध्यापक कामकै सिलसिलामा विराटनगर आएका बेला घटना भएको हो ।

इलाका प्रहरी कार्यालय हरैंचाका प्रहरी नायव निरीक्षक तिलक कार्कीले विद्यालयका सहयोगीले विद्यालय बन्द गर्न खोजेपछि किन गर्न खोजेको भनेर विद्यार्थीहरुले निहुँ खोजेका थिए । त्यही विषयमा विवाद बढ्दै जाँदा कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले खाँमाथि ढुँगामुढा गरेका थिए । विद्यार्थीको आक्रमणबाट घाइते भएका उनको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ढुँगाले लागेर खाँको शरीर चोट लागेको छ

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us