​साफ च्याम्पियनसिप आजबाट सुरु हुदै
23 Dec 2015 | 11:13 AM

काठमाडौं, ८ पुस ।
११ औ संस्करणको साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुदैछ । भारतको केरलामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले चिर प्रतिद्धन्दि श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ । भारतको केरला स्थित त्रिभान्दर्म रंगशालामा दुई राष्ट्रबिचको प्रतिस्पर्धा नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।

समुह ए मा आयोजक भारत, श्रीलंका र नेपाल रहेकाले एक खेलमा जित निकाले पनि अन्तिम चारको बाटो सहज हुनेछ । नेपालले दोश्रो खेलमा आईतबार आयोजक भारतको सामना गर्नेछ । अन्तिम समयमा आएर पाकिस्तानले प्रतियोगिता नखेल्ने निर्णय गरेपछि समुहमा ३ टोली मात्र रहेका हुन् । समुह बि मा भने बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेका छन् । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us