उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
20 Dec 2015 | 10:48 AM

काठमाडौं,५ पौष । एएफसी अण्डर फोर्टिन महिला फुटबलको उपाधिका लागि आज आयोजक नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँंदैछ । गत बैसाख १२ गते हुने तय भएको खेल भुकम्पका कारण आज हुन लागेको हो । उपाधिका लागि दुवै टोली बिहान ११ बजे ललितपुरको लगनखेलस्थित नेपाल आर्मीको खेल मैदानमा आमनेसामने हुँंदैछन् ।

प्रतियोगिताको यसअघिका सबै खेलमा अपराजित रहेको नेपाल आजपनि अपराजित रहँंदै उपाधि रक्षा गर्ने सोचका साथ मैदान उत्रदा बंगलादेश भने पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । समुह एमा रहेको नेपालले सेमिफाईनलमा भारतलाई १–० ले हराएको थियो भने बंगलादेशले ईरानलाई २–० ले हराउँंदै नेपालसँंंगको भेट पक्का गरेको थियो 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us