काठमाडौं,३ पौष । भित्तामा क्यानभास त्यसमाथि कालो, सेतो, रातो र खैरो रङका आकृति। आममानिसले हत्तपत्त बुझ्न नसक्ने किसिमका आकृति नै कलाकार पुरन खड्काका चित्रको विशेषता हो। राजधानीको बौद्ध टुसालस्थित तारागाउँ म्युजियममा कलाकार खड्काको आठौं एकल कला प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ। म्युजियमकै आयोजनामा सुरु भएको 'दी होलनेस' अर्थात् 'सम्पूर्णता' शीर्षकको कला प्रदर्शनीमा आफूले भौतिक जगत्का देखिने र नदेखिने रहस्यलाई केलाएको बताउँछन्।
'जीवनका धेरै बाटा हुन्छन्, तीमध्ये कला पनि एउटा बाटो हो’, कलाकार खड्का भन्छन्, ‘जीवनका देखिने र नदेखिने दुवै पक्ष मिलाएरमात्र सम्पूर्णता हुन्छ। कलामार्फत हामी जीवनको रहस्य बुझ्ने प्रयास गर्छौं।' प्रदर्शनीमा कलाकार खड्काले अमूर्त शैलीमा तयार पारेका २० वटा चित्र राखिएको छ। नेपाली कला क्षेत्रमा साढे तीन दशकदेखि सक्रिय खड्काले अमूर्त शैलीमा नै सिर्जना गर्दै आएका छन्।
खड्काका सिर्जनाको बारेमा टिप्पणी गर्दै म्युजियमका निर्देशक तथा क्युरेटर रोशन मिश्रले प्रदर्शनीका चित्र अमूर्त भए पनि रङहरूको संयोजनले तिनमा सम्पूर्णता पाइने बताए। कलाका विविध गतिविधि तथा नेपालका परम्परागत संस्कृति र सम्पदाको संरक्षणमा काम गर्ने उद्देश्यका साथ स्थापित तारागाउँ म्युजियममा प्रदर्शनी दुई साता सञ्चालन हुँदैछ। अन्नपूर्ण
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
चीन जाँदै गरेका प्रधानमन्त्रीलाई
विख्यात सांस्कृतिक इतिहासकार ज्याक्स बर्जुनले आधा शताब्दीअघि फरेन अफियर्स जर्नलम...
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
- सम्बन्धको कसीमा मोदी
- पूर्वशिक्षा अधिकारीले घरबाटै शिक्षक नियुक्त गरेपछि..
प्रतिकृया दिनुहोस