विश्व आप्रवासी दिवश आज
18 Dec 2015 | 00:00 AM

काठमाडौं,३ पौष । विश्व आप्रवासी दिवश आज, नेपाललगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँंदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई विश्व आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा सन् २००० देखि डिसेम्बर १८ मा यो दिवस मनाइँंदै आएको छ ।

दिवसका अवसरमा आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना गरेका छन् । आजका दिन कामका लागि बाहिरिन लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रुपमा बिदा गर्ने समेत गरिन्छ ।  प्रत्येक दिन करीब १७ सय नेपालीहरु कामका लागि विदेशिने गरेका सरकारी तथ्याङ्क छ ।  जस अनुसार ३० लाख भन्दा बढी नेपाली अहिले रोजगारीका शिलसिलामा विदेशिएका छन् । विशेषगरी खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका र दक्षिणी छिमेकी राष्ट्र भारतलगायत विश्वका झण्डै २ सय वटा देशहरुमा नेपालीहरु कामका लागि जाने गरेका छन् । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us