इलाम, २ पुस । महिलाबाट जन्मिने बच्चा लुलो, लङ्गडो अथवा कुनै पनि शारीरिक अपाङ्गता हुनबाट जोगाउने उद्देश्यले यहाँका २७ गाविसमा गर्भवतीका लागि शुभकामना कार्ड लागू गरिएको छ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत अपाङ्गता रोकथाम र पुनःस्थापनामा कार्यरत करुणा फाउन्डेसनलगायत गाविसमा स्वास्थ्य व्यवस्थापन समितिमार्फत गर्भवतीका लागि शुभकामना कार्ड लागू गरिएको हो । महिलाबाट जन्मिने नवजात शिशुलाई कुनै पनि शारीरिक अपाङ्गता हुनबाट जोगाउनका लागि शुभकामना कार्डमा विभिन्न जानकारी प्रदान गरिएको छ । स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउन आउँदा स्वास्थ्य चौकीका प्रमुख अर्थात् व्यवस्थापन समितिका सचिवले शुभकामना कार्ड प्रदान गर्दछ ।
उक्त कार्डमा गर्भावस्थामा कम्तीमा चार पटक स्वास्थ्य संस्था गई जाँच गराउनुपर्ने, नियमित आइरन चक्कीको प्रयोग, चार महिना लागेपछि जुकाको औषधि, गर्भावस्थामा देखापर्न सक्ने खतराका लक्षण, गर्भ जाँच गराउनका लागि भित्तेपात्रोलगायतका जानकारीमूलक सन्देश समेटिएको छ । शुभकामना कार्ड लागू गरेपछि गर्भवतीलाई धेरै सहज भएको छ, इरौँटार स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्य व्यवस्थापन समितिका सचिव नेत्रप्रसाद पोखरेलले भन्नुभयो – “महिलाले आफ्नो गर्भ परीक्षण गर्न आवश्यक पर्ने चिकित्सकको सल्लाह बमोजिमको कार्डमा उल्लेख गरिएको छ, कार्ड पढेपछि सबै कुरा थाहा पाइन्छ ।”
त्यसैगरी कार्डमा गर्भवतीले खानुपर्ने विभिन्न पौष्टिक आहारा, बच्चा जन्मिसकेपछि शिशुको स्याहार, स्तनपान आदिका बारेमा समेत उल्लेख गरिएको छ । करुणा फाउन्डेसनले जिल्लाका इरौटार, जिर्मले, सोयाङ, समालबुङ, गजुरमुखी, लुम्दे, इभाङ, जमुनालगायतका २७ गाविसमा गर्भवतीलाई स्वास्थ्य चौकीमार्फत गर्भवती भएकामा बधाईसहित शुभकामना कार्ड वितरण सुरु गरेको छ । शुभकामना कार्डले गर्भवतीको उचित स्याहार सम्भारका साथै जन्मने शिशुलाई अपाङ्गता हुनबाट बचाउने नै मुख्य उद्देश्य हो, फाउन्डेसनका व्यवस्थापक अजित योञ्जनले भन्नुभयो – “जसले गर्दा नवजात शिशु अपाङ्गता हुनबाट रोक्न सकियोस् ।”
फाउन्डेसनले अपाङ्गता हुनबाट जोगाउन र भएकालाई पुनःस्थापनाका लागि विभिन्न सहायक सामग्रीसमेत उपलब्ध गराइसकेको छ । कार्यक्रम लागू भएका गाविसमा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर, वैशाखी, चश्मा, वाकरलगायतका सामग्री प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । रासस
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस