नेपाली र बंगलादेशबीच मैत्रीपूर्ण खेल
17 Dec 2015 | 11:01 AM

काठमाडौं,२ पौष । साफ च्याम्पियनसिपको तयारीका लागि बंगलादेश पुगेको नेपाली टोलीले घरेलु टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल ढाकाको बंगाबन्धु रंगशालामा नेपाली समय अुनसर बेलुका पौन ५ बजे सुरु हुनेछ । पुस ८ देखि १९ गतेसम्म भारतको केरलामा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारीमा रहेका दुवै टिमले मैत्रिपूर्ण खेल, तयारीका लागि महत्वपूर्ण हुने जनाएका छन् । दक्षिण एसियाका सात देश सहभागी रहेको साफ च्याम्पियनसिपमा समुह ए मा रहेको नेपालले पहिलो खेलमा पुस ८ गते श्रीलंकासँग खेल्ने छ । यस्तै दोस्रो खेलमा पुस १२ गते भारतसँग खेल्नेछ । समुहको शीर्ष दुई मा पर्न सके नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने छ । बंगलादेश रहेको समुह बी मा अफगानिस्तान, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको अन्तिम तयारीका लागि बंगलादेश गएको नेपाली टिम त्यतैबाट भारतको केलरा जानेछ ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
[email protected]

Follow Us