एम्बुलेन्स दुर्घटना
16 Dec 2015 | 12:42 PM

विराटनगर, १ पुस । मोरङको बेलबारी नगरपालिका ६ मा रहेको बेतना सिमसार नजिकै पूर्व पश्चिम राजमार्र्गमा आज बिहान एउटा एम्बुलेन्स दुर्घटनामा परेको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ७८३२ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भएर दर्घुटनामा परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताउनुभयो । दुर्घटनामा परेर एम्बुलेन्स चालक सुनसरीको इटहरी उपमहानगरपालिका २३ का ३४ वर्षीय दीपक चौधरी र एम्बुलेन्समा सवार २८ वर्षीय ढिलप कार्की घाइते भएको प्रहरी निरीक्षक थापाले बताउनु भयो । घाइते दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनामा परेर एम्बुलेन्समा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us