काठमाडौं,१ पौष । कपाल मानव शरीरको महत्वपूर्ण तत्व हो । यसले हामीलाई सुन्दर र आकर्षक मात्र देखाउँंदैन छालाको हेरचाह गर्नमा पनि ठूलो भूमिका खेलेको हुन्छ । मौसमअनुसार कपालको हेरचाहमा पनि फेरबदल गर्र्नु बुद्धिमानी मानिन्छ । मौसमअनुसार कपालको हेरचाह गर्न सकेमा कपाल झर्न, फुल्न र फुस्रो हुनबाट जोगाउन सकिन्छ । जाडो समयमा पर्याप्त कपालको हेरचाह र सरसफाइको कमीले गर्दा कपाल झर्ने, चायाँं पर्ने र छिट्टै फुल्ने समस्या देखापर्छ । त्यसैले जाडो समयमा कपालको विशेष हेरचाह गर्नुपर्छ ।
जाडोमा पर्याप्त हेरचाहको कमीले गर्दा कपालमा चायाँंको समस्या देखा पर्न सक्छ । कपालमा चायाँं परेमा मनतातो शुद्ध तोरीको तेलमा कागतीको रस मिसाएर बनाएको लेप लगाउँंदा चायाँंबाट छुटकरा पाउन सकिन्छ । यसबाहेक नियमितरुपमा कपलामा ओइल मसाज र स्टिमरमा बस्ने र हेड प्याड लगाउनुपर्छ। धेरै तातो पानीले कपाल नुहाउनु हुँंदैन। सकेसम्म मनतातो पानीले नुहाउने बानी बसाल्नुपर्छ ।कपालमा स्याम्पू प्रयोग गरेपछि कन्डिसनरको प्रयोग गर्नु राम्रो हुन्छ । तर कन्डिसनर प्रयोग गर्दा छालामा नपर्ने गरी कपालमा मात्र लगाउनुपर्छ ।कपाल नुहाउँंदा धेरै माड्ने गर्नुहुँंदैन ।
हल्का तरिकाले नुहाउनुपर्छ । हप्तामा २,३ पटक नुहाउने गरेमा कपालको चम्किलोपन बढ्नुका साथै चायाँं पर्नबाट पनि बच्न सकिन्छ ।कपालको टुप्पाहरु ६,६ महिनाको फरकमा मिलाएर काट्नुपर्छ । कपाल झर्नबाट बचाउन ओलिभ ओइल र तरिवलको तेल प्रयोग गर्न सकिन्छ । जाडो समयमा सकेसम्म झोलिलो पदार्थ बढी मात्रमा सेवन गर्नुपर्छ । एजेन्सी ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस