जनकपुर,१ पुस । आज विवाह पञ्चमी, धनुषको जनकपुरमा सधैंको बर्षझै यसटक पनि भब्य कार्यक्रम गरी रामजानकी विवाह महोत्सव मनाइँंदैछ । त्रेता युगमा भगवान रामले राजा जनककी छोरी सीतासँंंग विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पन्चमी तिथिमा राम सीताको विवाह गरी विवाह पन्चमी मनाउने गरिन्छ । महोत्सव अन्तर्गत जनकपुरको राम मन्दिरबाट भगवान रामको रथ सहितको जन्ती र जानकी मन्दिरबाट सीताको रथ बाह्रविघा मैदानमा लगरे स्वयम्वर गरिन्छ । त्यसपछि दुवै रथलाई जानकी मन्दिर पु¥याई बेलुकी वैदिक परम्परा अनुसार रामजानकीको विवाह गरि विवाह महोत्सव सम्पन्न गर्ने चलन छ ।
यसैबिच, राष्ट्रपति विद्या भण्डारी विवाह पञ्चमी समारोहमा सहभागी हुन आज बिहान हेलिकप्टरबाट जनकपुर जानुहुने भएको छ । मौसम अनुकुल भए राष्ट्रपति भण्डारी बिहान १० बजे त्यसतर्फ जानुहुने शीतल निवास स्रोतले जनाएको छ । उहाँ आजै मध्यान्ह काठमाडांै फर्कने कार्यक्रम छ । समारोहमा सहभागी हुन प्रधानसेनापति राजेन्द्र क्षेत्री र भारतीय राजदुत रणजीत राय पनि जनकपुर जाने कार्यक्रम रहेको स्थानीय प्रशासनले जनाएको छ। आन्दोलनरत मधेशी दलहरुले राष्ट्रपतिको भ्रमणको विरोधमा प्रदर्शन गर्ने तयारी गरेपछि जिल्लामा आज बिहानैदेखि सुरक्षा कडाइ गरिएको हाम्रा सहकर्मीले बताएका छन् ।
Annapurna Khabar Audio
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
-
Annapurna Khabar at
6:00 am
May 05, 2017
लोकप्रिय
-
चीन जाँदै गरेका प्रधानमन्त्रीलाई
विख्यात सांस्कृतिक इतिहासकार ज्याक्स बर्जुनले आधा शताब्दीअघि फरेन अफियर्स जर्नलम...
-
मैले चुनाव हारेको छैनः रामचन्द्र पौडेल
दमौली,४ चैत्र । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफुले १३ औं महाधिवेशनमा...
- ल्यापटप बढी तात्यो भने यसो गर्नुहोस्
- कुटपिटपछि महिलालाई पिसाब खुवाइयो
प्रतिकृया दिनुहोस