क्यानको अध्यक्षमा चतुरबहादुर चन्द
15 Dec 2015 | 13:17 PM

काठमाडौं,२९ मंसिर । आन्तरिक विवादका बिच क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको साधारणसभाले चतुरबहादुर चन्दलाई नयाँ अध्यक्ष चयन गरेको छ । गएराती सम्पन्न साधारण सभाले चन्दको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा विनोद मैनाली, उपाध्यक्षमा शैलेसकुमार चौधरी र दिवाकर घले तथा महासचिवमा अशोकनाथ प्याकुरेललाई चयन गरेको छ । साधारण सदस्यहरुमा १२ जना चयन भएका छन् । साधारणसभाले उपाध्यक्ष बाहेकका सबै पदाधिकारी सर्बसम्मत रुपमा चयन गरेको हो ।

यद्यपी एक पक्षको साधारणसभाबाट क्यानको नयाँ कार्यसमिति चयन भएपनि त्यसले मान्यता पाउने सम्भावना भने न्युन देखिएको छ । क्यानको सो  साधारणसभालाई आइसिसीले समेत मान्यता दिएको छैन । साधारणसभालाई बर्तमान अध्यक्ष टंक आङबुहाङ लगायतका केही पदाधिकारीहरुले बहिस्कार गरेका थिए । उनीहरुले सो साधारणसभा कानुनी रुपमा बैधानिक नभएको भन्दै बहिष्कार गरेको बताएका छन् । यो संगै क्यान भित्रको आन्तरिक बिवाद थप चुलिएको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
[email protected]

Follow Us