विवाह पञ्चमीः छोरीको विवाह नहुने दिन
15 Dec 2015 | 12:09 PM

जनकपुरधाम, २९ मङ्सिर । राम सीताको जोडीलाई आदर्श जोडी मानिए पनि विवाहपञ्चमीको दिन मिथिलावासीले आफ्ना छोरीहरुको विवाह गर्र्दैनन् । त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन जनक नन्दनी सीताको विवाह अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र रामसँग भएको थियो । त्यो दिन सोमबार र नक्षत्र भने श्रवण थियो । विवाह पञ्चमीको नामले प्रख्यात रहेको सो दिन यस वर्ष पुस १ गते बुधबार परेको छ । सो दिन छोरीको विवाह गर्दा जानकीले जस्तै दुःखकष्ट हुने जनविश्वास मिथिलावासीमा छ । राम र सीताको विवाह ब्रह्म विवाह हो । 

हिन्दूशास्त्रमा यो विवाहलाई आदर्श विवाह मानिन्छ । भनिन्छ, विवाह गर्दाको समयमा सीता रामभन्दा नौ वर्षले कान्छी थिइन् । प्रत्येक वर्ष मनाइने विवाह पञ्चमीले त्रेतायुगीन विवाहको झझल्को दिने गर्छ । विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दा जसरी सीतालाई १४ वर्षको वनवास, अग्निपरीक्षा, वनवासपछि फर्केर आयोध्या आए पनि फेरि वनमै जानुपर्ने तथा अन्त्यमा पृथ्वीको गर्भमा लुप्त हुनुपर्ने जस्ता दुःखकष्ट भयो, त्यस्तै दुःखकष्ट हुने जनविश्वासको कारण यो दिन मिथिलावासीले छोरीको विवाह गर्दैनन् ।

गर्भवती अवस्थामा समेत दुःखित सीतालाई मिथिलावासीले खोजखबर नलिएकाले सीताले विवाह पञ्चमीको दिन मिथिलामा जुन कन्याको विवाह हुन्छ, त्यसले म जस्तै दुःख पाउने छिन् भनी श्राप दिएकी विश्वास गरिने मैथिली भाषाका वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल बताउनुहुन्छ । रासस

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us