आज बालाचतुर्दशी
10 Dec 2015 | 11:13 AM

काठमाडौं,२४ मंसिर । आज मंसिर कृष्ण चतुर्दशी अर्थात बालाचर्तुदशी । हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर बालाचतुर्दशी पर्व मनाउँंदैछन् । नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई सनातन हिन्दू धर्म अन्तर्गत विशिष्ट महत्व सहित मान्ने प्रचलन रहेको छ ।

बालाचतुर्दशी पर्वका अवसरमा आज सतबीज रोपण गरी पितृ उद्धारको कामना गर्ने प्रचलन रहेको छ । शतबीजरोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास  छ । शतबीजअन्तर्गत आज  धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मिसाएर छर्ने गरिन्छ ।

आज सतबिज छर्न देशभरका शिवलिङगहरुमा भक्तजनहरुको घुँईचो लागेको छ ।  झापाको अर्जुनधारा धाम, सुनसरीको बराहा क्षेत्र , सूर्यघाट, गौरीघाट, राजधानीको  गुह्येश्वरी, पशुपति, मृगस्थली लगायत स्थानमा शतबीज छर्ने सर्बसाधारणहरुको बिहानैदेखि विशेष भीड लागेको छ ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us