काठमाडौं,४ मंसिर । मधेश केन्द्रीत दलको आन्दोलनका कारण तराईका जिल्लामा लामो समययता बन्द रहेका शैक्षिक संस्थाहरु आजदेखि सञ्चालनमा आएका छन् । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो आन्दोलनका कारण हजारौं बालबालिका शिक्षाबाट बञ्चित भएको भन्दै आजबाट बिद्यालय खुल्न दिने निर्णय हिजो गरेको हो । मोर्चाको ३ महिनाभन्दा लामो आन्दोलनका कारण तराईका सिराहा, सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द थिए ।
नीजी बिद्यालयहरुमा आज बिहानदेखि पठनपाठन सञ्चालनमा आएपनि सरकारी बिद्यालयहरु भने आज नखुलेको सिराहा सहकर्मी सहकर्मी रामबाबु यादवले जनाएका छन् । पर्सी आइतबारदेखि सबै बिद्यालयहरु खुन्ने अनुमान गरिएको छ । चौतर्फी दबाबपछि हिजो बसेको मधेसी मोर्चाको बसेको बैठकले विहानको समयमा स्कुल र क्याम्पस सञ्चालन गर्न दिने र नाकामा रोकिएको औषधि बिराटनगर नाकाबाट ल्याउन दिने निर्णय गरेको थियो ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस