आज कुकुर तिहार
10 Nov 2015 | 11:09 AM

काठमाडौं,२४ कार्तिक । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाईदैछ । घरको रक्षा गर्ने र आज्ञाकारी कुकुरलाइ आज टीका तथा माला लगाई मिठा मिठा खानेकुरा खान दिईन्छ । आजको दिनलाइ कृष्ण चतुर्दशी अर्थात नरक चतुर्दशी पनि भनिन्छ । आज नजिकको ताल, नदि र तलाउमा नुहाएर नरक फाल्ने पनि प्रचलन रहेको छ । विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती जस्ता विपतमा कुकुरले पूर्वसूचना समेत दिने जनविश्वस रहि आएको छ । परा– पूर्वकालदेखिनै कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार पशुका रुपमा पूजा गर्ने चलन छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us