​आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जयन्ती मनाइँंदै
09 Nov 2015 | 11:17 AM

काठमाडौं,२३ कार्तिक । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।

धुनिक युगसँगै मानिसले प्रकृतिमै पाइने जडीबुटीजन्य औषधिलाई बिर्सन थालेकाले सचेतनाका रुपमा धन्वन्तरी जयन्ती मनाउन लागिएको सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक राजेन्द्रकुमार गिरीले बताउनुभयो ।आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us