​तिहार सुरु, आज काग तिहार
09 Nov 2015 | 11:07 AM

काठमाडौंं,२३ कार्तिक । नेपाली हिन्दूहरुको दोस्रो ठूलो धार्मिक तथा सांस्कृतिक पर्व तिहार आजदेखि सुरु भएको छ । पाँच दिनसम्म मनाइने भएकाले यो चाँडलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यस पर्व अन्तर्गतको पहिलो दिन आज कागतिहार मनाइन्दैछ ।

धार्मिक मान्यताअनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गर्ने गरिन्छ । तिहार पर्वलाई वैदिक कालमा भगवान विष्णुले खुसी भई बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम ५ दिन तीनै लोकको राज्य भोग गर्न पाउने वरदान दिएको र यी ५ दिन बलि राजाले आफ्नो राज्यभरी दीपावली गरी झकिझकाउ पारेको कथासँग जोडिएको छ ।

यसो गरेमा धनकी देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन् साथै यमराज पनि खुसी हुन्छन् भन्ने धार्मिक बिश्वास रहेको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us