नीजि सवारी साधनलाई लट अनुसार इन्धन
05 Nov 2015 | 10:36 AM

काठमाडौं,१९ कार्तिक । नेपाल आयल निगमले आज बिहान १० बजेदेखि नीजि सवारी साधनलाई इन्धन बितरण गर्दैछ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धनको चर्को संकट भएपछि निगमले चीनबाट अनुदानमा ल्याएको पेट्रोल आजदेखि ३ दिनसम्म राजधानीका ५० वटा पम्पबाट लट अनुसार बितरण गर्न लागेको हो ।

जसअनुसार १ देखि ३० लटमा दर्ता भएका निजी मोटरसाइकल र १ देखि ५ लटका कारले आज पेट्रोल किन्न पाउनेछन् । यस्तै भोली ३० देखि ५० को लटमा दर्ता भएका मोटरसाइकल र ६ देखि ८ लटका कारको पालो आउनेछ । पर्र्सी शनिबार ५० भन्दा माथिका लटका मोटरसाइकल र ८ लट भन्दा माथिका कारलाई पेट्रोल बितरण गरिने निगमले जनाएको छ ।

कारले १० तथा मोटरसाइकलले ५ लिटर पेट्रोल पाउनेछन् । निगमका अनुसार, इन्धनका लागि लाइनमा बसेर सवारीधनीले अनिवार्य रुपमा सम्वन्धित पम्पबाट टोकन समेत लिनु पर्नेछ । यसअघिका गरिएको बितरणमा उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि निगमले यसपटक अनिवार्य रुपमा टोकन बाँड्न पम्पहरुलाई निर्देशन दिएको हो । इन्धन लिन राजधानीका पट्रोलपम्पहरुमा हिजोदेखि नै लामो लाइन लागेको छ ।

यसैबीच वाणिज्य तथा आपुर्ति मन्त्रीकै नेतृत्वमा आजदेखि पेट्रोलपम्पहरुमा अनुगमन सुरु हुँदैछ । इन्धन बितरण प्रभावकारी नभएको गुनासो बढेपछि आपुर्तिमन्त्री गणेशमान पुन आफै छड्के अनुगमनमा खटिने हुनुभएको हो ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us