उर्जा संकट घोषणा गर्न सरकारसँंग माग
04 Nov 2015 | 10:44 AM

काठमाडौं,१८ कार्तिक । स्वतन्त्र उर्जा उत्पादक संघ ईपानले देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै उर्जा संकट घोषणा गर्न सरकारसँंग माग गरेको छ । भारतले गरेको नाकाबन्दि पछि मुलुकमा ईन्धनको चरम अभाब सृजना भएको भन्दै ईपानले १० हजार मेगावाट बिद्युत उत्पादन नहुन्जेल देशलाई उर्जा संकटकाल घोषणा गर्न माग गरेको हो ।

उसले तत्कालको उर्जासंकट समाधानका लागि जलविद्युत उत्पादनको काम युद्ध स्तरमा गर्नुपर्ने समेत बताएको छ । बिद्यमान कानुनले उर्जासंकटकाल घोषणा गर्न बाधा उत्पन्न हुने भए तत्काल ती ऐन संसोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

इपानका अध्यक्ष खड्गबहादुर बिष्टले विगतको जस्तो देशमा ऊर्जा कमीको जानकारी दिनका लागि मात्र सीमित नभएर संकटको समयमा सरकारी निकायले लिनुपर्ने विशेषाधिकार, अन्य कानुन , वातावरणीय ऐनलगायतका अधिकारको निलम्बन र आवश्यक ऐन अध्यादेशमार्पmत भए पनि जारी गर्नुपर्ने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us