नाका बन्दीले सेयर बजारमा गिरावट
03 Nov 2015 | 16:42 PM

काठमाडौं,१७ कार्तिक । भारतीय नाकाबन्दीका कारण अर्थतन्त्रका सूचकहरुमा नकारात्मक प्रभाव बढ्दै गएको समयमा शेयर बजारमा लगातार गिरावट आएको छ । दशै पछि दुइदिन शेयर बजारमा सामान्य बृद्धि भएपनि अन्यदिन लगातार जस्तै ओरालो लागेको छ । साताको तेस्रो दिन शेयर बजार मापक नेप्से झण्डै ६ अंकले ओरालो लागेको छ ।

५ दशमलव ९६ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज नेप्से १ हजार ८५ दशमलव ८७ अंकमा झरेको छ । नाकाबन्दीका कारण अर्थतन्त्र खुम्चिदा शेयर कारोबारमा कमी आएको छ । मंगलवार १ सय १ कम्पनीका १ हजार ४३ कारोबारबाट १७ करोड ४४ लाख बरबरका शेयर खरिद बिक्री भएका छन् । उत्पादन मुलक समूहमा सामान्य सुधार आएपनि अन्य समूहका सूचक ओरालो लागेका छन् ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us